अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको सक्रिय पहलमा न्युयोर्कमा भ्याक्सिनको दोस्रो कार्यक्रम

बिआरटीनेपाल २०७७ चैत २६ गते ६:१७ मा प्रकाशित

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको सक्रिय पहलमा न्यु योर्क र आसपासका नेपाली लगायतका इच्छुक सम्पूर्ण समुदायका महानुभावहरूलाई कोभिड-१९ विरुद्ध भ्याक्सिनका लागी दोस्रो कार्यक्रमको व्यवस्था भ्याक्सिन रजिस्ट्रेसन फारम भरी योग्यताका आधारमा क्वीन्स अस्पतालमा कोभिड-१९ को खोप लगाउन सबैलाई आव्हान गरिएको छ।

सो पुनीत कार्यकोलागी फाउन्डेसनले माताहातका विभिन्न संस्थाहरूलाई समेत सक्रिय गराई फाउन्डेशनाट उपलब्ध फर्म भराई समुदायबाट तथ्याङ्क सङ्कलन गरेको र सोका आधारमा यही अप्रिल १०,१७ र २४ तारिख शनिवारका दिन ठिक बिहान १०:०० बजेबाट साँझ ५:०० बजेसम्म क्विन्स् अस्पताल जमैका, ८२-६८, १६४ स्ट्रिट न्यु योर्क ११४३२ मा भ्याक्सिनको लागी आवेदन फारम भरी खोप लगाउन सक्नुहुने छ।

यसरी समुदायमा रहेका नेपाली लगायतका विभिन्न समुदायलाई आफ्नो पहलमा खोप लगाउन पाउँदा संस्थाको अध्यक्षको हैसियतमा आफूलाई गौरव महसुस भएको कुरा यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे बताउनुहुन्छ। वहाँको टिमको अथक पहल र प्रयासमा फाउन्डेशनप्रती विश्वास दिलाई न्युयोर्कका सरकारी निकायबाट यस्तो महत्त्वपूर्ण मानवीय सहयोग प्राप्त भई सोवाट हजारौँ आम सर्वसाधारण लाभान्वित हुनेछन्। पहिलो खोप कार्यक्रम अप्रिल ३ मा सम्पन्न भएको थियो भने दोस्रो खोप कार्यक्रम यही अप्रिल १० मा हुदैछ।

फ़ाउन्डेशनले अन्य सङ्घसंस्थाहरू समेतलाई साथ लिई सो खोप कार्य प्रत्येक हप्ताको खोपका लागी बुधवार अपराह्न २:०० बजेसम्म फर्म यसै फाउन्डेसनको कार्यालयमा बुझाइ सक्नुपर्नेछ र सोही आधारमा अस्पतालसँग समन्वय गरी खोपको व्यवस्थापन गर्दै आज क्वीन्स अस्पतालकी खोप व्यवस्थापन समितिकी कम्युनिटी निर्देशक सरोजीनी कुमार सॅंग भेटघाट गरी जम्मा ३७८ वटा रजिस्ट्रेसन फारम बुझाएको यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिनु भयो।

उक्त भेटघाटमा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिगं राप्के लामा र कार्यसमिति सदस्य ध्रुव कुवॅंर क्षेत्रीको उपस्थिति रहेको थियो। ३७८ वटा भ्याकसीन दर्ता फारम मध्ये शेर्पा किदुगको १०० वटा, फाउन्डेसनको २१७ वटा, घ्यालसुम्दो सेवा संस्थाको ३१ वटा र विभिन्न सङ्घ-संस्था वाट ३० वटा फारम फाउन्डेसनको कार्यालयमा आएको र ती सबै फारमहरू क्वीन्स अस्पतालमा हस्तान्तरण गरियो। फाउन्डेसनको “भ्याक्सिन लगाऔँ, स्वास्थ्य रहौँ” भन्ने अभियान क्वीन्स अस्पताल सॅंग सहकार्य यही अप्रिल महिनाको अन्तिम सम्म हुनेछ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले समाज प्रति विभिन्न सेवा पुराए बापत हामीलाई विश्वास गरेर भ्याक्सिन कार्यक्रमका समुदायका सदस्यहरूलाई सहज गर्न/गराउन फाउन्डेसनको पुलको भूमिकाका लागी पूर्ण सहयोग गर्दिनुहुने हेल्थ एन्ड हस्पिटल क्वीन्स कम्युनिटी बोर्डका चेयरपरसन एवं क्वीन्सकै डिस्ट्रिक्ट डेमोक्र्याट लिडर डा. ऐन्थोनि एन्ड्र्यु जुनियरलाई धन्यवाद एवं आभार प्रकट गर्दछ।

प्रतिक्रिया