अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

प्युठानमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०९ मा प्रकाशित

प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय किशोर रानाले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँले बताउनुभयो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू