अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०६ मा प्रकाशित

भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा अन्तर्गतको भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै मनाइने भएको छ । भक्तपुर नगरस्तरीय प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरोकारवालाहरूको आजको बैठकले कोभिड १९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम. र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादित रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने निर्णयसमेत गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । सांसद सुवालले भारतमा कोभिड १९ को नयाँ प्रजातिले महामारीको रुप लिएको र केही स्थानहरूमा कफ्र्यु समेत लगाइसकेको अवस्थामा नेपाल भारतबीचको खुला सीमाका कारण नेपालमा पनि संक्रमण दर बढ्न सक्नेतर्फ सबैजना सचेत रहनुपर्ने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको भैरवनाथको रथ तान्ने, लिङ्गो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू