अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

गायिका अन्जु पन्तको “काँडा” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०४ मा प्रकाशित

काठमाडौँ – लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गीत ‘काँडा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिन्दु प्रसाद अधिकारीको शब्द तथा सुप्रसिद्ध सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीत ‘काँडा’ को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ।

प्रवासमा बसेर डिजिटल प्रविधि माध्यम मार्फत म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिरा काजी थापाको निर्देशन रहेको म्युजिक भिडियोलाई गौरव गिरीले कोरियोग्राफी गरेका छन्। त्यसै गरी भिडियोलाई दीपक गिरीले छायाङ्कन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ। सार्वजनिक भिडियोमा भद्र जङ्ग कुँवर, समीक्षा बस्नेत, सङ्गम पाण्डे र आरती आले मगरलाई फिचर्ड गरिएको छ। निर्माता समेत रहेका हिरा काजी थापा भिडियो निर्माण गरेका हुन्।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू