अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

भारतमा एकैदिन १ लाख १५ हजार बढी संक्रमित थपिए

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०१ मा प्रकाशित

भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ ।पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा ८ करोड ७० लाख भन्दा बढिले कोरोनाविरुद्वको खोप लगाएका छन् । संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू