अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

“कांग्रेसभित्र कुनै विवाद छैन” – सभापति देउवा

बिआरटीनेपाल २०७७ चैत २५ गते ७:५५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।स्वर्गीय जोशीकोे १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले आफुहरुले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।फरक प्रसंगमा सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जिकिर गर्नुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै उहाँले थालेका कामलाई सबै मिलेर पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू