अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

सगरमाथा आरोहणका लागि यस वर्ष १८ आरोहीलाई अनुमति

बिआरटीनेपाल २०७७ चैत २४ गते ९:४१ मा प्रकाशित

यसवर्ष वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म १८ आरोही समूहले अनुमति पाएका छन् । मंगलबारसम्म १८ आरोही समूहका १६७ आरोहीले वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार सगरमाथा क्षेत्रमा पर्ने ल्होत्सेमा चार, नुप्सेमा तीन र पुमरीमा एक आरोही समूहले आरोहणको अनुमति पाएका छन् । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमालआरोहणका लागि चार र धौलागिरी हिमालमा तीन समूहलाई अनुमति दिएको छ । उता गोरखामा पर्ने मनास्लु हिमालमा एक आरोही समूहले अनुमति पाएको छ । संखुवासभामा पर्ने मकालु हिमाल आरोहणका लागि पनि एक समूहले अनुमति लिएको छ ।

पर्वतारोहणका लागि उपयुक्त मानिने वसन्त याममा याममा हिमाल आरोहणवापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी संकलन गरेको छ । सोमबारसम्मको विवरणमा २२ लाख ७७ हजार एक हजार ४५९ रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू