अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३
| Colorodo: 11:38
पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक सय १३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ । नेपालमा अहिले १९ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लाे २४ घण्टामा काेराेनाबाट कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । सङ्क्रमणका कारण नेपालम अहिलेसम्म तीन हजार ३६ जनाको ज्यान गइसकेको छ ।