अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

पुटिनले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेको खुलासा

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२९ मा प्रकाशित

रुसले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति मजबूत बनाइरहेको भूउपग्रहीय तस्वीरहरूबाट देखिएको छ । तीन दिनअघि रुसका आणविक ब्यालिस्टिक क्षेप्यास्त्र पनडुब्बीहरूले ध्रुवीय क्षेत्रमा शक्तिप्रदर्शन गरेका थिए ।

तस्वीरहरूमा रुसी सेनाले हालैका वर्षमा अनेकौं संरचना पुनर्निर्माण तथा विस्तार गरेको देखिन्छ । धावनमार्गको सुधारका साथै थप सर्वेक्षण र हवाई प्रतिरक्षा सामग्री तैनाथ गरेको देखिँदा ध्रुवीय क्षेत्रमा मस्कोले क्षमता विस्तार गरिरहेको खुलासा हुन्छ ।

भूमिगत भण्डारण संरचनाका तस्वीर पनि लिइएका छन् । विज्ञहरूले ती संरचना पोसाइडोन २एम३९ टोर्पिडो नामक आणविक शक्तिसम्पन्न अन्डरवाटर ड्रोनका लागि उपयोग गरिएको डर मानेका छन् । त्यस ड्रोनलाई पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्छ र त्यसमा आणविक वारहेड राखिएका छन् ।

रुसी जलसेना प्रमुख निकोलाइ येभमेनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई अभ्यासमा तीनवटा आणविक पनडुब्बीले एकैपटक आर्कटिकको हिउँ तोडेको अनि युद्धविमानहरू उत्तरी ध्रुवमाथि उडेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू