अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

फिल्म ‘कबड्डी–४ दी फाइनल म्याच’ मा मिरुना र गौमाया अनुबन्धित

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२९ मा प्रकाशित

फिल्म ‘कबड्डी–४ दी फाइनल म्याच’मा दुई अभिनेत्री अनुबन्धित भएका छन् । जसमा अभिनेत्री मिरुना मगर र गौमाया यात्री रहेका छन् । निर्माता तथा निर्देशक रामबाबु गुरुङले यस फिल्मलाई ‘कबड्डी’को अन्तिम सिक्वेल भनिसकेका छन् ।

मिरुनाले केही फिल्ममा काम गरिसकेकी छन् भने गौमायाको यो ‘डेब्यू’ फिल्म हुनेछ । यीबाहेक फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, जयनन्द लामा आदि फाइनल भइसकेका छन्।

प्रतिक्रिया