अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७
| Colorodo: 10:02
कोरोना महामारीको खतरा बढदै गएको सन्दर्भमा उपत्यका प्रवेशमा पुनः कडाई गर्न थालिएको छ। आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने प्रावधान राखेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय समेत भएको छ।