अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४
| Colorodo: 22:39
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारसम्ममा अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताउनुभएको हो ।
पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा झरेको बताउनुभयो । मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारतमा संक्रमित बढ्दै गएकाले आवागमनलाई व्यवस्थित गरेर क्वारेन्टिन र आइसोलेसनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।