अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:३८ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार २ सय ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क सन् २०२१ सुरु भएपछि एकैदिनको अहिलेसम्मकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप ५ सय १३ जनाको मृत्यु भएको छ । भारतमा डिसेम्बर ४ यता एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो उच्च सङ्ख्या हो ।

भारतमा अहिले ६ लाख ९१ हजार ५ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ६ सय २३ पुगेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड २४ लाख ५ हजार ५ सय ९ पुगेको छ भने १ करोड १६ लाख २९ हजार २ सय ८९ जना कोरोना जितेर घर फर्किएका छन् । भारतमा अहिलेसम्म ७ करोड ५९ लाख ७९ हजार ६ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको बीबीसीले लेखेको छ ।

कोरोना सङ्क्रमणका हिसाबले भारत विश्वमै तेस्रो स्थानमा छ । जोन्स होप्किन्स विश्व विद्यालयको तथ्याङ्क अनुसार ब्राजिलमा १३ लाख १७ हजार ५ सय ५४ सक्रिय सङ्क्रमित छन् । पहिलो स्थानमा रहेको अमेरिकामा ६९ लाख १९ हजार ९ सय ८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू