अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८
| Colorodo: 11:13
अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट हुँदा पाँच सर्वसाधारण मारिएका छन् । राजधानी मोगादिशुमा रहेको एक चिया पसलमा आत्मघाती बम सहित प्रवेश गरेका ब्यक्तिले बिस्फोट गराएको सोमालियाका अधिकारीहरुले जनाएका छन् । घटनामा बिस्फोट गराउने ब्यक्ति, चार युवा र एक बालकको मृत्यु भएको हो ।
बिस्फोटक पदार्थ सहित प्रवेश गरेका ती ब्यक्तिले चिया पसलमा चिया खाएपछी आत्मघाती बिस्फोट गराएको बुझिएको छ । घटना लगत्तै चिया पसलमा रहेकाबीच भागदौड मच्चिएको थियो । घटनाको जिम्मेदारी हालसम्म कसैले लिएको छैन ।