अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

इंग्लीश प्रिमियर लिग – म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:३५ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ । गएराति लेष्टर सिटीलाई उसैको मैदानमा २–० ले हराउँदै म्यान्चेस्टर सिटीले उपाधि संभावना थप मजबुत पारेको हो ।

लेष्टरविरुद्धको खेलमा म्यान सिटीलाई विजयी गराउन बेन्जामिन मेन्डी र ग्याब्रियल जिससले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले आर्सनललाई ३–० ले पराजित ग¥यो । आर्सनललाई उसैको मैदानमा पाखा लगाउन लिभरपुलका डिएगो योटाले दुई तथा मोहोमद सालाहले एक गोल गरे । गएराति चेल्सी भने वेष्ट ब्रोमसँग ५–२ ले पराजित भएको छ ।

जर्मन प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीको यो पहिलो हार हो । प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाईटेडले शेफिल्ड युनाईटेडमाथि २–१ को जित निकालेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । लिगको उपाधि जित्न उसले अब बाँकी रहेको ७ मध्ये ४ खेल जिते पुग्नेछ ।

प्रतिक्रिया