अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:२८ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । काठमाडौंमा सम्पन्न थ्री नेशस्नस कपमा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको बनेका हुन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा नवनियुक्त मुख्य प्रशिक्षक अलमुताइरीले थ्री नेसन्स कप उचाल्दा नेपाली समर्थक धेरै खुसी देखिएको भन्दै आगामी दिनमा यस्ता थप खुसीहरु दिने प्रतिवद्धता जनाउनुभयो ।

४० वर्षीय अलमुताइरीले कम्तीमा एक बर्ष मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले छन् ।यस समय अवधिमा उनले विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।

कतार फुटबल संघसँगको सहकार्यमा उनी नेपाल आएका हुन । अलमुताइरीको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ । र्थी नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू