अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

कर्णाली प्रदेश सरकारका एमाले मन्त्रीहरूले २४ घण्टाभित्रमा राजीनामा दिने

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:२२ मा प्रकाशित

कर्णाली प्रदेश सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले २४ घण्टाभित्रमा राजीनामा दिने भएका छन् । एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको हो ।

तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको एमाले संसदीय दलका नेता यमलाल कँडेलले बताउनुभयो । नेता कँडेलले यही चैत ४ मा कर्णाली प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने बारेमा गरिएको निर्णयमा हेरफेर नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू