अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

गायिका रानी शाक्य र पुरुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत २१ गते ११:५९ मा प्रकाशित

काठमाण्डौं । अमेरिकामा रहेर पनि नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको “सुहाउँदैन ओठमा हाँसो” गीतको भिडियो सार्वजनिक भएको छ ।

जीवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको सङ्गीत संयोजन गीतमा रहेको छ । जीवन भोगाइमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफू निकै आशावादी रहेको गायिका रानीले बताइन ।

नवराज न्यौपानेको छायाङ्कन ,शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “सुहाउँदैन ओठमा हाँसो” गीतको भिडियोमा कमल सिंह, गीता ढुङ्गाना, तेजेन्द्र गौतम र नवराज भट्टराईको अभिनय रहेको छ ।

“सुहाउँदैन ओठमा हाँसो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया