अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

मकाउमा छायाङ्कन गरिएको ‘भुल गरेछु’

बिआरटीनेपाल २०७७ चैत २१ गते ११:५५ मा प्रकाशित

काठमाडौँ । गायक कुशल गुरुगंको नयाँ गीत ‘भुल गरेछु’को म्युजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा सङ्गीतकार तुला पर्वतको सङ्गीत रहेको छ । महेश विक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महसुस गर्दै बिछोडको पिडामा छटपटाइरहेका दृश्यहरू भिडियोमा देख्न सकिन्छ ।

कुशलले आफ्नो प्रेम पाउन लाख कोसिस गरेता पनि असफल भएसँगै उनले भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निष्कर्ष निकालेका छन् । अभिनयमा कुशललाई शान्तिले साथ दिएकी छिन् । शान्तिको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले जनाएको छ । सङ्गीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो । निकै चुनौती मोलेर छायाङ्कन सम्पन्न गर्दै रोमाञ्चक सिनहरू भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन् । भन्छन् ‘मकाउका रमाइला र मनमोहक दृश्यहरूले दर्शकलाई अझै रोमाञ्चक बनाउने आशा छ ।’ भिडियोको सम्पादन र छायाङ्कन पनि निर्देशक तुलाकै रहेको छ । जसको निर्माता हुन् शान्ति राई ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया