अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

कुर्सीबाट हट्ने बित्तिकै ओलीको फुर्ती कति प्रतिशत घट्ने हो, हेर्नेछौ–माधव नेपाल

बिआरटीनेपाल २०७७ चैत २१ गते ८:१० मा प्रकाशित

नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी ओली लागेको भन्दै आफूहरुले उक्त षड्यन्त्र पूरा हुन नदिने बताउनुभएको छ । शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो, “हामी पार्टीलाई मजबुद बनाउन चाहन्छौ, तर ओलीले कमजोर बनाइरहेका छन्, हामी ओली प्रवृतिलाई प्ररास्त गछौं” ।

आफुहरु ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उहाँले त्यो प्रवृत्तिको हार र आफुहरुको जित सुनिश्चित रहेको बताउनुभयो । नेपालले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाउनुभयो । नेपालले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको तर्क गर्नुभएको छ । त्यस्तै नेता नेपालले प्रधानमन्त्री ओली कुर्सीबाट हट्ने बितिकै फुर्ती हट्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू