अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

उत्तर कोरियालाई आणविक कार्यक्रम स्थगनका लागि दवाव दिने शक्ति राष्ट्रहरुको सहमति

बिआरटीनेपाल २०७७ चैत २१ गते ८:०६ मा प्रकाशित

अमेरिका, जापान र दक्षिण कोरियाले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई संयुक्त रुपमा दवाव दिने भएका छन् । ती राष्ट्रहरुको संयुक्त बैठकले उत्तर कोरियालाई आणविक कार्यक्रम स्थगन गर्न दवाव दिन सहमति भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका सुरक्षा सल्लाहकार र उनका जापानी समकक्षी शिगेरु कितामुरा र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार सु हंले त्रिपक्षी सहयोगमा उत्तर कोरियालाई दवाव दिने सहमति गरेका हुन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमले कोरियालाी प्रायद्वीपका् सुरक्षा र वातावरणमा चुनौती थपिएको भन्दै ती राष्ट्रहरुले आणविक कार्यक्रम तत्काल स्थगनका लागि दवाव दिन थप कदम चाल्ने बताएका हुन् ।

उत्तर कोरियाले गत हप्तामात्र मिसाइल प्रक्षेपण गरेपछि अमेरिकासँगको सम्ब्न्ध थप चिसिएको छ । राष्ट्रपति बाइडेनले सत्ता समम्हालेलगत्तै उत्तर कोरियासँग वार्ता गर्न चाहेपनि सम्भव नभएको छैन । यसअघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन पटक वार्ता गरेपनि कुनै सहमित भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू