अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

बाँकेको नरैनापुरमा भीषण आगलागी – ६० भन्दा धेरै घर जलेर नष्ट

बिआरटीनेपाल २०७७ चैत २१ गते ७:५६ मा प्रकाशित

बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।

आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उहाँले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको पनि अध्यक्ष साहले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आगलागीबाट धेरै क्षति भएको र तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू