अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:००
| Colorodo: 21:15
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ ।
घोराहीबाट लमहीतिर जादैं गरेको लु १ ख ९८६३ नम्बरको बस साँझ मसोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।