अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ चैत २० गते ९:०८ मा प्रकाशित

ताइवानमा यात्रुबाहक रेल र मालवाहक ट्रक ठोक्किंदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । घटनामा ६६ जना भन्दा बढी घाइते भएका छन् । राजधानी ताइपेइबाट ताइतुंग शहरतर्फ गईरहेको रेल र बिपरित दिशाबाट आइरहेको मालबाहक ट्रक सुरुङमा ठोकिक्एर दुर्घटना भएको हो ।

ट्रकसंग ठोक्किएपछि रेल लिकबाट बाहिर गएर भएको दुर्घटनामा थुप्रै यात्रुको च्यापिएर मृत्यु भएको हो । ८ वटा डिब्बा भएको सो रेलका ५ वटा डिब्बा पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

ताइवानको इतिहासमा यो नै ठ्लो रेल दुर्घटना भएको जनाइएको छ । यसअघि सन् २०१८ मा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने १ सय ७५ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू