अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

भारतको पुणेमा १२ घण्टे कफ्र्युको घोषणा

बिआरटीनेपाल २०७७ चैत २० गते ९:०७ मा प्रकाशित

भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुणेमा १२ घण्टे रात्रीकालीन कफ्र्युको घोषणा गरिएको छ । कफ्र्यु भोलि रातिबाट लागु हुने बताइएको छ । आगामी शुक्रबार कफ्र्युको समीक्षा गरिने पुणेका डिभिजनल कमिश्नर सौरभ रावलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले जनाएको छ ।

रावका अनुसार अबको एक हप्ता पुणेमा बार, होटल तथा रेष्टुरेन्ट बन्द रहनेछन् । पुणेमा अन्तिम संस्कार तथा विवाह बाहेकका सबै सार्वजनिक कार्यक्रमका लायि अनुमति नदिइएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम संस्कारका लागि बढीमा २० जना र विवाहका लागि बढीमा ५० जना सहभागी हुन पाउनेछन् । आगामी ७ दिन धार्मिक स्थल पनि बन्द रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू