अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

प्रकृतिको ‘माया साँचेको’ मा बेनिशा

लक्ष्मण सुबेदी २०७७ चैत २० गते ८:५९ मा प्रकाशित

काठमाडौँ । गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्तले प्रिमीयर गरेका हुन् । पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनिशा हमाल फिचर छिन् ।

अमर रोकाको शब्द र सङ्गीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रबी सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् । कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पुरै टिम खटिएको र गीतको भावअनुरूप लोकेसन छनौट गर्न धेरै मिहिनेत गरेको बताए । वरिष्ठ अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेसन निकै मन परेको बताए ।

गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरूप भिडियो निर्माण भएकोमा खुसी व्यक्त गरिन् । उनले आफू व्यावसायिक गायिका भई नसकेको भए पनि दर्शक,श्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् । अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्यझैँ भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो ।

हेर्नुस् भिडियो–