अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको सक्रिय पहलमा न्युयोर्कमा भ्याक्सिनको व्यवस्था

बिआरटीनेपाल २०७७ चैत २० गते ८:२८ मा प्रकाशित

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको सक्रिय पहलमा न्यु योर्क र आसपासका नेपाली लगायतका इच्छुक सम्पूर्ण समुदायका महानुभावहरूलाई कोभिड-१९ विरुद्ध भ्याक्सिन को व्यवस्था भ्याक्सिन रजिस्ट्रेसन फारम भरी योग्यताका आधारमा क्वीन्स अस्पतालमा कोभिड-१९ को खोप लगाउने व्यवस्था गरिएको छ।

सो पुनीत कार्यकोलागी फाउन्डेसनले माताहातका विभिन्न संस्थाहरूलाई समेत सक्रिय गराई फाउन्डेशनाट उपलब्ध फर्म भराई समुदायबाट तथ्याङ्क सङ्कलन गरेको र सोका आधारमा यही अप्रिल ३, १०,१७ र २४ तारिख शनिवारका दिन ठिक १:०० बजेबाट साँझ ५:०० बजेसम्म क्विन्स् अस्पताल जमैका, ८२-६८, १६४ स्ट्रिट न्यु योर्क ११४३२ मा भ्याक्सिनको लागी आवेदन फारम भरी खोप लगाउने व्यवस्था मिलाएको छ।

यसरी समुदायमा रहेका नेपाली लगायतका विभिन्न समुदायलाई आफ्नो पहलमा खोप लगाउन पाउँदा संस्थाको अध्यक्षको हैसियतमा आफूलाई गौरव महसुस भएको कुरा यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे बताउनुहुन्छ। वहाँको टिमको अथक पहल र प्रयासमा फाउन्डेशनप्रती विश्वास दिलाई न्युयोर्कका सरकारी निकायबाट यस्तो महत्त्वपूर्ण मानवीय सहयोग प्राप्त भई सोबाट हजारौँ आम सर्वसाधारण लाभान्वित हुनेछन्।

फ़ाउन्डेशनले अन्य सङ्घसंस्थाहरू समेतलाई साथ लिई सो खोप कार्यका लागी असक्त र सवारी साधनको आवश्यकता पर्ने महानुभावहरूलाई शेर्पा किदुक,घ्याल्सुम्दो सेवा संस्था वा फ़ाउन्डेशनको कार्यालय परिसरबाट निःशुल्क आवतजावतको व्यवस्था मिलाएको र सो पुनीत कार्यका लागी विभिन्न स्वयंसेवक संस्था र व्यक्तिहरूलाई सहयोगको अपिल समेत गरेको छ।

प्रत्येक हप्ताको खोपका लागी बुधवार अपराह्न २:०० बजेसम्म फर्म यसै फाउन्डेसनको कार्यालयमा बुझाइ सक्नुपर्नेछ र सोही आधारमा अस्पतालसँग समन्वय गरी खोपको व्यवस्थापन गरिने ब्यहोरा संस्थाका उपाध्यक्ष सुवर्ण लामाले बताउनुभयो।

मङ्गलवार, मार्च ३०, २०२१ मा अध्यक्ष सोमनाथ घिमिरे र महासचिव छिरिगं राप्के लामाले क्वीन्स अस्पतालमै भ्रमण गरी अस्पतालका कम्युनिटी भ्याक्सिन अर्गनाईजर स्टेफान मुनरो सॅंग भेटदै बृहत् छलफल पश्चात् २२१ वटा भ्याकसीन दर्ता फारम बुझाई, मिति र समय तय गरेको थियो भने आज मार्च ३१ का दिन थप २०३ वटा फारम यसै फाउन्डेसन का अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिगं राप्के लामा, कार्य समिति सदस्य द्वय प्रेम अधिकारी क्षेत्री, राम चन्द्र अधिकारीको उपस्थिति मा फारमहरू स्टेफान मुनरो लाई हस्तान्तरण गरिएको थियो भने शेर्पा किदुगकी अध्यक्ष छिरिगं शेर्पालाई र फिप्नाका वरिष्ठ उपाध्यक्ष पदम गुरुगं लाई पनि फाउन्डेसनले निमन्त्रणा गरेको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले समाज प्रति विभिन्न सेवा पुराए बापत हामीलाई विश्वास गरेर भ्साक्सीन कार्यक्रमका लागी समुदायका सदस्यहरूलाई सहज गर्न/गराउन फाउन्डेसनको पुलको भूमिकाका लागी पूर्ण सहयोग गरी दिनुहुने हेल्थ ऐण्ड हस्पिटल क्वीन्स कम्युनिटी बोर्डका चेयरपरसन एवं क्वीन्सकै डिस्ट्रीक डेमोक्र्याट लिडर डा. ऐन्थोनि एन्ड्र्यु जुनियरलाई धन्यवाद एवं आभार प्रकट गर्दछ।

प्रतिक्रिया