अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४
| Colorodo: 21:29
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा अभियान चलाउने भएको छ । आज काठमाडौँको कलङ्कीमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले सङ्गठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका अभियान चलाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
कस्तो अभियान चलाउने भन्ने बारेमा भने भोलि निर्णय गरिने उहाँको भनाइ छ । आफ्ना समूहका नेताहरू माधव नेपाल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष आजको बैठकले निकालेको भट्टराईले जानकारी दिनुभयो ।