अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

क्षेत्रप्रतापको “रहर लागेर” जन्मभूमिको स्नेहमा ओतप्रोत

युवराज मैनाली २०७७ चैत २० गते ८:१५ मा प्रकाशित

रहरले जीवनलाई अड्याउँछ, रहर नै जीवनको उत्थान र पतनको कारण बन्दछ । सृजना ध्वंस पनि रहरका लहरले लहरलाई तरङ्गित निर्देशन गरी सुल्टो उल्टो भिजाइमा जीवनलाई भिजाई उचाल्ने र पछार्ने गर्दछ । यस्तै रहर–रहरमा लहरिएर साहित्यकार साहित्यकार साहित्यिक अम्मली बन्न पुग्दछ, वैज्ञानिक सुपरसोनिक विमान उडाउँछ, जैविक बम बनाएर अक्षम्य आपराधिक कार्यमा उचालिन्छ, मूर्तिकार ढुङ्गा, माटो, धातुमा प्राण भर्दछ । यस्तै रहरको लहरमा तरङ्गिँदै तरङ्गिँदै क्षेत्रप्रताप अधिकारी रहरैले सफल साहित्यकार, सफल गीतकारका रूपमा चिनाइरहनु नपर्ने प्रतिस्थापित नेपाली नदीका एउटा भकारी भइसकेका व्यक्तित्व बनिसकेका छन् । यिनै व्यक्तित्व चार दशक अघिका ‘रहर लागेर’ कविता सङ्ग्रह रहरैले चियाउन पुगिएको छ ।

‘यो हिमालय पनि कस्तो ? देखि छचल्किएको बैँस क्यालेन्डरमा सम्म अठतीस वटा कविताहरू समेटेर पुस्तकाकारमा रहरहरू उनिएको माटोको मायाले बढी लुटपुटिएका यी हरफहरूका बान्की एक चोटि चाख्दै जाऊँ: उत्तर जम्मै पर्वतथली पार्वती खेल्ने ठाउँ दक्षिण सम्मै मेची र काली सीताजी बस्ने गाउँ ।

देश जति पवित्र छु, त्यति नै यस देशको नाम पनि सुन्दर छ । स्वयं रचयिता ब्रह्मा नै यहाँ थकाइ मेट्न आउँछन्, धरतीबाट आकाश चुम्न उडेको हिमाल अनि काखमा पाखा पखेरा च्यापेर सुतेको नेपाल एक गीतमा कविले नेपालको आफु जन्मेको माटोको गाथा भावुक बनेर संवेदनशील बनेर, तर कुनै षोडशीको सुटुक्क फोटोग्राफरले फोटो खिचेझै दुरुस्त उतारेका छन् यहाँ, अनि यस्तो आफ्नो देश कस्तो छ मात्र होइन यसलाई सिँगार्न पनि केही अठोट बोकेरै सानो आकार भएपछि हृदयको विशालता समेट्दै कवि पसिना काढ्ने प्रण गर्दै भन्छन्:

नजोडेसम्म मेची र काली पहाड खोपौँला सुखमा हाँसो दुःखमा आँसु मिलेर पोखौँला
किनकि फुलबारीको सबै फुलको सामीप्यता साझापनको स्वर्गको मूलमार्ग नखोलेसम्म यथार्थमा ऐक्यबद्धता र सम्पन्न नेपाली अनि नेपालको सपना पूरा हुन सक्तैन । त्यो सपना पूरा गर्न म लाग्नुपर्छ, तिमी लाग्नुपर्छ, हामी लाग्नुपर्छ । लाग्ने किन त ? किनभने:

घमैलो पहाड रमैलो बेसी हिमाली छाया छ
सबभन्दा धेरै मलाई मेरै देशको माया छ ।

देशको मायामा कवि उछिट्टिन खोज्दाखोज्दै बाँधिन पुगेको देखिन्छ । प्रभाव क्षेत्रमा यसमा कवितामा माधव घिमिरेको छिर्का त छैन भन्ने शङ्का लाग्छ । जे होस् यस्तै हुन्छ उर्लदो भावमा अटेसमटेसमा व्यक्ताउने आफ्नो मौलिकता लुकेर पैँचौ पनि लिइरहन पर्ने हुन्छ, तर पनि संयमित अवस्थामा आफ्नो माटोको बारेमा सोच्दासोच्दै प्रकृति यहाँ सुन्दर, शान्त विशाल बनाउँछिन् ।

भृकुटी सधैँ बुद्धका शुद्ध उपदेश पढाउँछन् भन्दै ‘नेपाल मेरो मुटुमा’ गुनगुनाउन थाल्दछन्, कवि यो गुन्गुनाहट गर्दै अवलोकन क्रममा:
पहाड, मदेश, तराई होइन एउटै हो ।
होचो र अग्लो भिरालो मात्र छ कुरा एउटै हो
भन्दै ‘गीत हो एउटै नेपाली’को एकात्मक रागमा झुल्न पुग्दछन् ।

यही रागात्मक आशक्तिमा के गरौँ, के गरौँ भन्ने भावनाले कुतकुत्याइएका कवि आफ्नो बाटो यसरी पहिल्याउन पुग्दछन्:
मलाई यो हिमाली पाटोमा
सधैँ श्रमको गीत गाउन पाए पुग्छ
मलाई यो नेपाली माटोमा
सधैँ चोखो प्रीत लाउन पाए पुग्छ

मेरो हिमालले हेर्दा हेर्दै:
यो माटाको विकासार्थ मैले के चढाउन सकेँ र कैले यो माटोलाई एउटा पूजा मैले त्यसैले !
म मेरो माटोको माया जति गर्छु त्यतिले पुग्दैन

के गर्न खोजेँ र कैले:
भन्दै अतृप्तिको नशाले छटपटाएका भक्ति गीतमा गुञ्जित कविवर तृप्तिका निम्ति सृजनाका नयाँ पालुवाहरूका निम्ति अर्थात् भविष्यका निम्ति उत्सर्ग हुने बाटोमा आफूलाई तयार पार्न खोज्दछ:

लाम्टो हैन लत्रेको
पोटिलो हुनु पर्दछ–पोसिलो
सहस्र नवजात पुष्ट्याउने यो मेरो प्रण

त्यो प्रण पूरा गर्न सततः सुत्केरी हिमालजस्तै स्तन राखेर प्रसूति हुन चाहन्छ, छोटो शब्दमा भनूँ भने दूधको भारा तिर्ने छटपटीमा भविष्य मातृत्वमा समर्पित तुल्याउन चाहन्छ ।

कविको देशप्रतिको माया छटपटी रहन्छ तड्पी रहन्छ । यसो त आमाको मायाले फुलेको फुल आमाकै पाउमा फुलिरहन चाहेको हुन्छ, आमाको पाउमा नचढेको फु लबनेर धूलोसँग उड्दछ छरपस्ट भएर । यसैले यहाँ कवि सचेत छ, स्वदेश प्रेमको अडानमा हिमालझै अडिग छ, यही अडिगपनाको कारणबाटै हो त नि:

एक क्षण किल्लापारि जानुपर्दा पनि यो दिन यिनै जिल्लाहरूमा राखेर जान्छु आँखाभरि हिमाली पाखा बोकेर जान्छु मनभरि नेपालीपन बोकेर जान्छु

यसरी क्षेत्रप्रताप अधिकारी ‘रहर लागेर’मा आफ्नो माया माटोप्रति व्यापक भएर व्यक्तिएका छन् । धेरैजसो हिमाल जस्तै चुलिएका छन् भने छाँगा जस्तै मनै छोएर झरझर गरेका छन् भने कुनै–कुनै भने कतै अड्केको जबरजस्ती पाइला पाइला चालेको जस्तो स्वाद पनि भेटिन्छ जसले गर्दा स्वादले खाइरहेको मिष्टान्नमा कङ्कड अड्केको अभास मिल्दछ ।

०००