अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

भारतमा कोरोना संक्रमण र मृत्युदर यो वर्षकै उच्च

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:३३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार ३ सय ३० जनमा संक्रमण पुष्टि भएको छ ।केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतिय सञ्चार माध्यमले जनाएक छन् ।अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।

कोरोनाका कारण भारतमा १ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।संक्रमण नियन्त्रणका लागि भन्दै खोप अभियानलाई तीव्र्र पारेकोे भारतले हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ ।

भारतमा आजबाट ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप लगाउन शुरु गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू