अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

भारत पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा २ को मृत्यु

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:२८ मा प्रकाशित

भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी दुई जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भएको हो । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारुढ त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताबीच ठाउँठाउँमा झडप भएका छन् ।

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उहाँको दल भारतीय जनता पार्टी र पश्चिम बंगालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ ।

बंगालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ र त्यहाँको वातावरण पनि निकै तनावग्रस्त छ । प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठ्नु भएको छ । गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कंग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्नु भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ ।

बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कंग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन् । निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू