अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

दशरथ रङ्गशालामा ’कोभिड कप २०२१’ हुने

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:२६ मा प्रकाशित

यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डौ र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाण्डौमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी यस कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसङ्घ, सहकारी अभियान, लायन्स क्लबका व्यक्ति, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।

प्रतियोगितामा १० टोली रहने जिल्ला सहकारी सङ्घ काठमाण्डौका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । साथै कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी पनि कायम गरिने उहाँले जानकारी दिनुभयो । खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू