अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

२४ घण्टामा नेपालमा थपिए एक सय ५२ कोरोना सङ्क्रमित, एकको मृत्यु

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:१६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार २ सय १३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टी भएका हो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । कोरोना सङ्क्रमणबाट आज थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

त्यस्तै १ हजार ५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू