अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:१४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने बताएको छ । आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको नेता गिरिराजमणी पोखरेलले बताउनुभयो ।

उहाँले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताउनुभयो । सरकारबारे नेपाली काँग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टीले समर्थन फिर्ताबारे निर्णय नगरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू