अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

राष्ट्रिय जनगणना जेठ २५ बाट सुरु हुने

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:३५ मा प्रकाशित

राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने जानकारी दिनुभएको हो ।

यो अवधिमा सुपरिवेक्षकहरूले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण संकलन गर्ने उहाँले जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताउनुभयो । जनगणनाका लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि उहाको भनाई छ । मुख्य जनगणना अघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको छ । स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताउनुभयो । वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०–१० वर्षमा हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू