अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४
| Colorodo: 07:19
अमेरिकामा २ करोड ३५ लाख ८६ हजार ७ सय ९६ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७७ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७३ सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने सङ्क्रमितको संख्या ५ लाख ६४ हजार १३८ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६२ हजार ४५९ जनामा सङक्रमण पुष्टि भएको छ ।