अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

थारु कल्याणकारी सभासँगको पहिलो वार्ता ‘सकारात्मक’

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:२७ मा प्रकाशित

सरकार र थारु कल्याणकारी सभाबीच पहिलो वार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।

भट्टराईले भन्नुभएको छ, ‘नेपाल सरकार र थारु कल्याणकारी सभाको वार्ता टोलीबीच मङ्गलवार (आज) पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो । वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ । अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ ।’

जेलमा रहेका रेशम चौधरीको रिहाइसहित १९ बुँदे माग राखेको थारु कल्याणकारी सभासँग वार्ता गर्न सरकारले सोमवार (हिजो) गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएको छ । यस्तै थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू