अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

एमालेले गर्यो सांसद सिफारिस

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:२३ मा प्रकाशित

सत्तारुढ दल नेकपा एमालेले सांसद सानु शिवाको स्थानमा जानकीदेवी रामलाई सांसद सिफारिस गरेको छ ।समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाकी सांसद सानु शिवाको निधन भएपछि उहाँको स्थानमा सिरहा जिल्लाकी जानकीदेवी रामलाई सांसद निर्वाचित गर्न पार्टी अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्र पठाउनुभएको हो ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा सानु शिवापछि धनकुमारी सुनारको नाम थियो ।तर, धनकुमारीले एमाले परित्याग गरेर अर्को पार्टीमा प्रवेश गरेपछि एमाले संसदीय दलका नेता ओलीले धनकुमारीको नाम समानुपातिक बन्द सूचीबाट हटाउनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम संसदीय दलका नेता ओलीले पार्टी परित्याग गरेकी सुनारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेसंगै त्यसपछिको रोलक्रम अनुसार जानकीदेवी रामलाई सांसद निर्वाचित गर्न सिफारिस गरिएको हो । सांसद शिवाको गत असोज २८ गते निधन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू