अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:२३ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटवलमा हुन लागेको हो ।

सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेस, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।

जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेता समेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताउनुभयो । सम्मेलनमा देशभरका ७० भन्दा बढी जिल्लाका प्रतिनिधीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू