अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

२४ घण्टामा १६७ जनामा कोरोना सङ्क्रमण, ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:१२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू