अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको एमाले नेपाल पक्षको ठहर

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:०९ मा प्रकाशित

नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टीका चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको ठहर गरेको छ । आज बसेको आफु पक्षिय नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीको दुराशयको हिस्साका कारण मात्रै यो परिस्थिति उत्पन्न भएको ठहर गरेको छ । अध्यक्ष ओली वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काममा संलग्न रहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

बैठकपछि विज्ञप्ति निकालेको विज्ञप्तिमा नवौं महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा कथित स्पष्टिकरण सोधिएको उल्लेख छ । नेपाल र रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच, नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँले स्पष्टीकरणमा व्यक्तिवादको घोर नशाबाट ब्यूँझन ओलीलाई आग्रह गर्नुभएको छ । सत्ता र शक्तिको भोगको हिसाबले प्रधानमन्त्रीले पाउन अझै केही बाँकी नरहेको र पार्टीलाई बन्धक बनाएर ती सबै पूरा गरेको उहाँले बताउनुभएको छ । पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकता जस्ता धरोहरहरु भत्काउँदै लगेको र अझै पनि अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत जोगाइदिन भुसालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू