अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

ओहायो कार दुर्घटनामा घाइते २४ वर्षका सुविन बास्तोला आइसियुमा, गोफण्डमीमा सहयोग जुटाइँदै

बिआरटीनेपाल २०७७ चैत १६ गते ९:२३ मा प्रकाशित

ओहायोमा कार दुर्घटनामा घाइते सुविन बास्तोलाको आइसियुमा उपचार भइरहेको छ । एत्ना टाउनसिपमा गत बिहीबार दिउसो भएको कार दुर्घटनामा बास्तोला गम्भीर घाइते भएका थिए । उनको माउन्ट क्यामेरा इस्ट अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर नेपाल स्थायी घर भएका बास्तोला हालै मात्र बोष्टनबाट ओहायोको ब्ल्याक लिकमा बसाई सरेका थिए । ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा ग्र्याजुएट हुँदै थिए । पढाइसकेर काममा जाँदै गर्दा उनको गाडीलाई दिउसो २ बजेर ५० मिनेटमा गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा उनको टाउको र पिठ्युमा गम्भीर चोट लागेको थियो । साथै फोक्सोमा पनि गम्भीर असर परेको र अहिले भेन्टिलेटरमा राखिएको जनाइएको छ । उनका बाबुआमा अमेरिकामा नै रहेको र अहिले सबै काम छाडेर छोराकै हेरचाहमा लागिरहेको जनाइएको छ ।

उपचार र परिवारलाई सहयोगका लागि अहिले गोफण्डमीमा सहयोग सङ्कलन सुरु गरिएको छ । ४० हजार डलर लक्ष्यसहित सुदर्शन बास्तोलाका तर्फबाट किरण सङ्ग्रौलाले सुरु गरेको गोफण्डमीमा अहिलेसम्म ६ हजार ६ सय डलर सङ्कलन भएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

१८ वर्षका टिनएजर माइलो जोन्सनले चलाएको टोयटा क्याम्री गाडीले बाटोको सेन्टर लाइन पार गरेर २४ वर्षका सुविनले चलाएको हुण्डाई गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि जोन्सनले चलाएको गाडी २१ वर्षका हले होजले चलाएको गाडीमा ठोक्किएको थियो । त्यसबाट उछिटिएको गाडीको टुक्रा क्याथलिन पेरीले चलाएको गाडीमा ठोकिएको थियो ।

घटनामा ४ वटै गाडीका चालकहरू घाइते भएकोमा सुविन र जोन्सनको अवस्था गम्भीर रहेको छ भने अरू दुई जना सामान्य घाइते भएका छन् । जोन्सनले चलाएको गाडीबाट उछिटिएका इडुवार्डो रेइसको गत बुधवार मृत्यु भएको छ ।

खसोखासबाट

प्रतिक्रिया