अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति

बिआरटीनेपाल २०७७ चैत १६ गते ८:३५ मा प्रकाशित

पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति दिएको छ । सोमवार ६ जना महिलासहित १५ जना सम्मिलित एउटा समूहलाई आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

योसहित आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३१ पुगेको छ । यसअघि बहराइनका राजदूतसहित १६ जनाले अनुमति लिएका थिए ।यस्तै वसन्त ऋतुमा नेपालका हिमाल चढ्नका लागि अनुमति लिनेको सङ्ख्या ८१ पुगेको छ ।

अनुमति लिनेहरूमा २२ जना महिला र ५९ जना पुरुष छन् । अनुमति लिनेहरूमध्ये चार जनाले नुप्त्से, एक जनाले मनास्लु, ४० जनाले अन्नपूर्ण र पाँच जनाले ल्होत्से हिमाल आरोहणका लागि अनुमती लिएका हुन् । हिमाल चढ्न अनुमति लिएकाहरूबाट सरकारले अहिलेसम्म चार करोड ८४ लाख १६ हजार चार सय ५८ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू