अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

२४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७७ चैत १६ गते ८:२२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थपिएका १४१ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू