अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

मैत्रीपूर्ण खेलमा आर्मीले किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेल्यो

बिआरटीनेपाल २०७७ चैत १५ गते ८:०१ मा प्रकाशित

एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

जसको कारण खेलमा गोल निस्कन सकेन । जसका कारण खेल बराबरीमा सकियो । आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो । सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू