अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

इन्डोनेसियाको एक चर्चमा आक्रमण, १४ जना घाइते

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:५३ मा प्रकाशित

पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ ।ुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

विष्फोटमा परी १४ जना घाइते भएका छन् ।सुलावेसी राज्यको मकासारस्थित एक चर्च बाहिर बम आक्रमण भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई व्यक्ति चर्चभित्र प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू