अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८
| Colorodo: 20:43
फ्रान्स र इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्यागको घोषणा गरेका छन् ।सामाजिक सञ्जालमार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर बस्ने निर्णयमा पुगेको उनले बताएका छन् ।
४३ वर्षका हेनरीले २३ लाख फलोअर्स रहेको आफ्नो ट्वीटर ह्याण्डलमा रंगभेद तथा बुलिङ्गको समस्या विषाक्त बनेको उल्लेख गरे । कम्पनीहरुले कपीराइट उल्लंघन गर्दा गर्दा जस्तै कदम रंगभेद र बुलिङ्गमा नलिँदासम्म आफू सामाजिक सञ्जालमा नफर्किने उनले बताएका छन् । उनले यसका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्ने भन्दै अपिल गरेका छन् ।