अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

जर्जियाको नयाँ कानुनप्रति बाइडेनद्वारा निन्दा

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्जियाले ल्याएको मतदानसम्बन्धी नयाँ कानूनलाई २० औं शताब्दीको अमेरिकन साउथको रंगभेदी नीतिसँग तुलना गर्दै निन्दा गर्नुभएको छ ।बाइडेनले नयाँ कानूनले अमेरिकी अश्वेतहरूलाई मतदान गर्नबाट रोक्ने र अत्याचारलाई मार्ग प्रशस्त गरेको भन्दै निन्दा गर्नुभएको हो । जर्जियाले संविधानमाथि सिधा आक्रमण गर्ने गरी कानून ल्याएको भन्दै त्यसलाई २१ औं शताब्दीको नयाँ ‘जिम क्रो’ का रूपमा चित्रित गर्नुभयो । उहाँले न्याय विभागले कानूनमाथि अध्ययन गर्ने पनि बताउनुभयो ।

गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले लगाएको आधारहीन धाँधलीको आरोपको केन्द्रमा परेको जजिर्यामा झण्डै २८ वर्षपछि डेमोक्र्याटिक उम्मेदवारले राष्ट्रपतिमा जितेका थिए । रिपब्लिकनको पकड रहेको जर्जिया राज्य संसद्का दुवै सदनमा गम्भीर चुनौती समाना गर्नु परे पनि निर्वाचन सम्बन्धी विधेयक पारित भयो ।

विधेयकमा हस्ताक्षर गर्ने क्रममा गभर्नर केम्पले चुनावलाई सुरक्षित, पहुँच योग्य र निष्पक्ष बनाउनका लागि नयाँ कानून आउन लागेको बताउनुभएको थियो । उहाँले नयाँ कानूनमा हस्ताक्षर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई सुरक्षाकर्मीले हत्कडी लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू