अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

वरिष्ठ संगीतकर्मी रत्न बेहोसीका ५ पुस्तक एकै पटक विमोचन

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:४२ मा प्रकाशित

वरिष्ठ संगीतकर्मी रत्न (बेहोसी) बज्राचार्यद्वारा लिखित ५ वटा पुस्तकहरू संयुक्त रूपमा विमोचन गरिएको छ ।भजन तथा आधुनिक गीतहरु संग्रहित खस नेपाली तथा नेपालभाषाका पुस्तकहरु क्रमशः भगवान भरोसा, निफ्वः स्वां भजनमाला, म अञ्जान छु, छं छन्त हे खंकी, फाटेको मन एक कार्यक्रमकाबीच विमोचन गरिएको हो ।

मध्यपुर संगीतप्रेमी समाजले आयोजना गरेको कार्यक्रम वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख अतिथ्य तथा मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठको विशेष अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रा। डा। सुन्दर कृष्ण जोशी, कवि भगतदास श्रेष्ठ, नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनलगायतको सहभागीता रहेको थियो । त्यसैगरी बौद्ध विद्वान तथा समालोचक कृष्णकुमार प्रजापतिले पुस्तकको टिप्पणी गर्नु भएको थियो ।

विमोचित पुस्तकमध्ये तिनवटा पुस्तक प्रकाशनमा कान्छाकाजी प्रजापतिले आर्थिक सहकार्य गर्नु भएको हो । नेपालभाषाको निफ्वः स्वां भजनमालामा दिलबहादुर प्रजापतिको ५१ वटा भजन गीत संलग्न छ ।

प्रतिक्रिया