अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

क्यालिफोर्नियाबाट राखी गौचनले ल्याइन ‘हे मन’ (भिडियो)

बिआरटीनेपाल २०७७ चैत १३ गते ९:०३ मा प्रकाशित

काठमाडौँ- गीतकार राखी गौचनले आफ्नो बिलकुलै नयाँ गीत ‘हे मन’को अफिसिएल म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । सुगम सङ्गीतमा आधारित यस गीतमा गायक तथा सङ्गीतकार शङ्कर थापा ‘स्माइल’को स्वर सुन्न सकिन्छ । स्वयम गायक थापाले सङ्गीतबद्ध गरेको यस गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जिसी र प्रनिमा दाहाल फिचर्ड छन् । उत्सव दाहालले छायाङ्कन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

डस म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको हो । मौलिक र स्तरीय सिर्जना मार्फत साहित्य र सङ्गीत यात्रामा निरन्तर क्रियाशील गौचनले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू